८ मंसिर, २०८१ शनिबार
06:48:51 AM
२१ बैशाख, २०७९
दुइहप्ताको बीचमा बैंकहरुबाट १८ अर्ब रुपैयाँ बाहिरिइ सकेको छ ।
काठमाण्डौं । मूलुकमा आसन्न निर्वाचन नजिकिँदै जाँदा बैंकबाट धमाधम पैसा बाहिरिँदै गएको छ । चुनावकै कारण व्यक्तिहरुले बैंकबाट धमाधम पैसा झिकेर घरमै थन्क्याउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चुनावी महोत्सव आएसँगै दुइहप्ताको बीचमा बैंकहरुबाट १८ अर्ब रुपैयाँ बाहिरिइ सकेको छ ।
यस प्रकारको रकम २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा झिकिएको राष्ट्र बैंकले जनाएको छ । वैशाख २ गते बैंकहरुमा कुल ४३ खर्ब ७७ अर्ब रुपैयाँ तरलता रहेकोमा १४ गतेसम्म आइपुग्दा घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँमा झरिसकेको छ । जसले कर्जा प्रवाहमा समस्या परेको छ ।
वैशाख २ गते कुल ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले १४ गतेसम्म आइपुग्दा करिब ४ अर्बले लगानी घटाउँदै ४१ खर्ब ९१ अर्ब मात्र गरेका छन् । यसले उत्पादनशील क्षेत्रमा जाने लगानीसमेत रोकिने अवस्था बनेको छ ।