८ मंसिर, २०८१ शनिबार

07:04:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर नपरी पैसा काटियर हैरान हुनुहुन्छ ? यि बैंकबाट सेयर भर्दा लाग्दैन पैसा

२१ बैशाख, २०७९

आईपीओ भर्दा आस्वा शुल्कमा बैंकको मनपरी, १० रुपैयाँ देखी १०० रुपैयाँसम्म तिर्न बाध्य छन् लगानीकर्ता

सेयर नपरी पैसा काटियर हैरान हुनुहुन्छ ? यि बैंकबाट सेयर भर्दा लाग्दैन पैसा

काठमाडौं । आज भोलि सामान्य भेटघाटमा बढी सोधिने प्रश्न रहेको छ आईपीओ खुलेको छ, भरेको हो ? सामान्य परिवारमा समेत सेयरबारे धेरथोर जानेकाहरु भेट्न गाह्रो छैन । पछिल्लो समय आईपीओ पनि खुलिरहेका छन् । कम्पनीहरुले सिमित संख्यामा आईपीओ जारी गर्दा मागका तुलनामा हात्तीको मुखमा जीरा बराबर भएरहेको छ । माग भन्दा कयौं बढी आवेदन पर्ने भएकाले अहिले १० कित्ता सेयर पाउने भाग्यमानी साबित हुन्छन् ।

आईपीओ नपरेर निराश बनिरहेका लगानिकर्ताहरुले डिम्याट खाता खोलिदिएका वित्तीय संस्थाले आस्वा शुल्क मनपरी लिएको गुनासो गरेका छन् । नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये धेरै बैंकहरुले आस्वा शुल्क लिने गरेका छन् भने केही बैंकहरुले  आस्वा शुल्क लिने गरेका छैनन् । आस्वा शुल्क नलिनेमा नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक नेपाल लिमिटेड रहेका छन् ।

यो बैंकबाट खाता खोल्ने लगानीकर्ताहरुले सी–आस्वा तिर्नुपर्दैन । तर बाँकी २३ बैंकमा खाता खोल्ने र आइपीओमा आवेदन दिने लगानीकर्ताले १० रुपैयाँ १५ रुपैयाँ देखि १०० रुपैयाँसम्म आस्वा शुल्क तिर्नु पर्छ । जसमा ९ वटा बैंकले १० रुपैयाँ, ८ वटाले २०, ४ वटाले २५, एउटाले १५ र अर्को एउटा बैंकले १०० रुपैयाँसम्म आस्वा शुल्क लिने गरेका छन् ।

प्रतिपटक १०० रुपैयाँ आस्वा शुल्क लिने बैंक स्ट्याण्डर्ड चार्टर्ड छ भने नेपाल एसबिआई, लक्ष्मी, सनराइज र सेन्चुरी कमर्सियल बैंकले २५ रुपैयाँ लिने गरेका छन् । यस्तै ग्लोबल आईएमई बैंकले आस्वावापत १५ रुपैयाँ लिने गरेको छ ।

कुन बैंकले कति लिन्छन् आस्वा शुल्क ?

राष्ट्रिय वाणिज्य– बैंक ०

नविल बैंक– ०

एनआइसी एसिया बैंक– ०

मेगा बैंक नेपाल– ०

नेपाल बैंक –१०

बैंक अफ काठमाडौं –१०

नेपाल बंगलादेश बैंक– १०

नेपाल के्रडिट एण्ड कमर्स बैंक– १०

माछापुच्छ्रे बैंक– १०

सिद्धार्थ बैंक –१०

कृषि विकास बैंक –१०

प्रभु बैंक –१०

प्राइम कमर्सियल बैक –१०

ग्लोबल आइएमई बैंक –१५

नेपाल इन्भेष्टमेन्ट बैंक– २०

हिमालयन बैंक –२०

एभरेष्ट बैंक –२०

कुमारी बैंक –२०

सिटिजन बैंक –२०

एनएमबी बैंक –२०

सिभिल बैंक –२०

सानिमा बैंक –२०

नेपाल एसबीआई बैंक –२५

लक्ष्मी बैंक– २५

सेन्चुरी कर्मसियल बैंक –२५

सनराइज बैंक –२५

स्टान्डर चार्टर बैंक –१००