८ मंसिर, २०८१ शनिबार

06:28:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा, क -कसले दिन सक्छन आवेदन ?

२१ बैशाख, २०७९

लगानीकर्ताले न्युनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

एनसीसी बैंकको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा, क -कसले दिन सक्छन आवेदन ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । बैकले लिलामीमा ल्याएको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।

बैकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १३० रूपैयाँ तोकेकोे छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  लगानीकर्ताले न्युनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले रहेको छ ।  संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।