८ मंसिर, २०८१ शनिबार

06:42:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ विकास बैंकको सीईओमा पोखरेल प्रद्युमन पुनः नियुक्त

२१ बैशाख, २०७९

उहाँ डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुनुहुन्छ ।

मुक्तिनाथ विकास बैंकको सीईओमा पोखरेल प्रद्युमन पुनः नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रद्युमन पोखरेल पुनः नियुक्त हुनुभएको छ । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । पोखरेल यसअघि २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त हुनुभएको थियो ।

बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव रहेको उहाँसँग नबिल बैंक र मेगा बैंकमा पनि काम गरेको अनुभव छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गर्नुभएको थियो । उहाँले नबिल बैंकमा करिब १९ वर्ष विभिन्न विभागहरुको नेतृत्व समेत गर्नुभएको थियो । उहाँ डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुनुहुन्छ ।