१ जेठ, २०८१ मंगलबार

11:45:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन, शङ्कास्पद वस्तु भेटिएन

Nepal Business

२१ बैशाख, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन,  शङ्कास्पद वस्तु भेटिएन

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । 

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको जानकारी त्रिभुवन विमानस्थलले बताएको छ ।

बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।