८ मंसिर, २०८१ शनिबार

06:03:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

२१ बैशाख, २०७९

ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्। बैं

एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले उर्जा ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले आज (बैशाख २१ गते बुधबार) देखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो। उक्त ऋणपत्रको अवधि १५ वर्ष रहने छ । यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ४ प्रतिशत ब्याज पाउनेछन्। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।

बैकले निष्काशन गरेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त  ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ सम्म आवेदन दिन सक्नेछन् ।

एनएमबिको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।