८ मंसिर, २०८१ शनिबार
05:45:23 AM
२१ बैशाख, २०७९
बैंकले ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आज (बैशाख २१ गते बुधबार) बाट ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले आज (बुधबार) देखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।