१५ बैशाख, २०८१ शनिबार

12:54:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र सुधार्ने कुरा जादू खेल जस्तो हैन, समय लाग्छ

Nepal Business

२० बैशाख, २०७९

यसलाई जादु जस्तो यो भयो भने हुन्छ भन्ने किसिमको रेसिपि चाहि सम्भव छैन । यो अलिकति दिर्घकालिन रुपमा काम गर्नपर्ने विषय हो ।

अर्थतन्त्र सुधार्ने कुरा जादू खेल जस्तो हैन, समय लाग्छ

नेपालको वर्तमान आर्थिक अवस्था कमजोर बन्दै गइरहेको छ ।  बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै छ । जसले अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ भने बजारभाउ पनि  बढिरहेको छ । यसको समाधानको उपाय र अर्थतन्त्र सुधारका लागि अबको रणनीति कस्तो हुनुपर्ला ? यसै सेरोफेरोमा रहेर कामना विकास बैंकका सिईओ प्रविन बस्नेतसँग नेपाल विजनेशले कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप  :-                                     

प्रश्न :​ हामीले प्रवाह गरेको कर्जा उत्पादनशीलभन्दा पनि अनुत्पादक क्षेत्रमा बढी देखिन्छ, जसले देशको अर्थतन्त्रमा उत्पादक क्षेत्रको लगानी कम देखिन्छ । के अझै तरलता अभाव बढ्दै जाने अबस्था हो ?                                      

उत्तर :  उत्पादन र अनुत्पादन भनेर जुन हामी छुट्याउछौं त्यो पारामीटरहरु पनि  रिभ्यु गर्नु पर्छ । कुनै पनि कार्यले कुल ग्राहस्थ उत्पादनमा असर गर्छ भने त्यसलाई पूर्ण अनुत्पादक भनेर अलग गर्न पनि गाह्रो छ । निश्चित रुपमा आयातको अवस्था हेरेर हामीले धेरै आयात केमा गरेका छौ ? ती आयातलाई घटाउन लाई कुन खण्ड र क्षेत्रमा  केन्द्रित गर्न पर्छ  भनेर  विश्लेषण ग¥र्यौ भने असन्तुलित भुक्क्तानी सन्तुलन बनाउन सहयोग गर्दछ ।

बैक तथा वित्तिय संस्था भनेको आफैँले उत्पादन र अनुत्पादन क्षेत्रमा लगानी गर्ने निर्णय लिने कमै हुन्छ । जसले कर्जा लिन आउनु हुन्छ उहाँहरुको परियोजना हेरेर उहाँहरुको माग हेरेर हामी अगाडि बढ्नु पर्ने हुन्छ ।

प्रश्न :​ बैकहरुले त्रैमासिक विवरण सार्वजनिक गरिरहेका छन् । खासगरी बेसरेटमा अधिकतम २ प्रतिशत प्रिमियम जोडेर ऋण प्रवाह गर्नेभन्दा  विगतको दिनमा  सिङ्गल डिजिटमा व्याजदर हुन्छ भनेर निश्चित क्षेत्रबाट आवाज उठेको थियो । अहिले त बेसरेट नै दुई अङकमा  गईसकेको छ । अब निक्षेपकर्ताले निक्षेप प्रवाहलाई दिँदै आएको ब्याजदर अझै बढ्ने देखिन्छ । नेपालको उद्योग व्यवसाय फस्टाउन  यसले धेरै नकरात्मक  असर पर्ने देखिन्छ । यसलाई कसरी लिनुभएको छ ?   

उत्तर : उद्योगी व्यवसाय अथवा  नेपालको उद्यम साधारणतया कोभिड–१९ पुनरुत्थान एउटा आवश्यक भएको पैसा आधारभुत पारामिटर हुनुपर्ने हो । तर दुर्भाग्यवश अहिले हाम्रो अर्थतन्त्रमा त्यो अवस्था देखिएको छैन ।

विस्तारै बढ्दै जाने क्रममा छ । तर यो तुरुन्तै रोकिने अवस्थामा छैन । बेसरेटमा हाम्रो कष्ट अफ डिपोजिटको असर आउन बाँकी  हुने हुदाँ अझ बढि ब्याजदर बढ्ने अवस्था छ । यसले गर्दा कोभिड–१९ ले आक्रान्त उद्यमी व्यवसायीहरुलाई झन यो थप ब्याजदरको भारले अप्ठ्यारो पर्छ । कुरा त्यती सम्म रोकिदैन त्यो फेरी पास अन हुँदा उपभोक्तसम्म पुग्ने हुँदा इनफ्लेक्सन इन्डेक्सदेखि लिएर अन्य पारामिटरमा पनि चाप देखिन्छ ।

प्रश्न : अब बैक तथा सहकारीले पैसा दिन नसक्ने, फाइलहरु रोकिनुले निजी क्षेत्रमा नकारात्मक असर देखिन्छ नै । सरकारले बुँदागत रुपमा यसरी काम ग¥यो भने नेपालको अर्थतन्त्र पुरानै लयमा फर्काउन सकिन्छ भन्ने के उपाय छ ?   

उत्तर : यो गम्भीर समस्या हो । यसलाई जादु जस्तो यो भयो भने हुन्छ भन्ने किसिमको रेसिपि  चाहि सम्भव छैन । यो अलिकति दिर्घकालिन रुपमा काम गर्नपर्ने विषय हो ।

केहि कुराहरु छोटो समयमा रिजल्ट दिने निश्चित कामहरु पनि हुन सक्छ । लामो समयका कामहरु पनि हुन सक्छन् । यि दुबै कुराहरुलाई मिक्स गरेर लानुपर्छ । डिपोजिटको वृद्धि हिजोको वृद्धिको  लेवलमा हे¥यौ भने निम्न स्तरमा छ ।

त्यो वृद्धि गराउन जादु हुने त्यस्तो अवस्था चाही छैन । तैपनि बजेटका खर्चहरु पूँजीगत खर्चहरु छन् । यो राष्ट्रिय समस्याको रुपमा आइरहेको छ ।   हाम्रो भुक्तानी सन्तुलनलाई जर्गेना गरेर यसलाई मजबुत बनाएर लानु पर्ने अवस्था छ ।

अब वैशाखकोबीचमा हामी आईसक्यौ असारे जुन विकास भनिन्छ त्यस्तो विकासका हिसाबले केही पैसा निष्काशन भएर केहि समय चाहि केहि राहत हुन्छ कि भन्ने बुझाई छ ।

डिपोजिटको रेटहरु बढाएर अब डिपोजिट बढ्ने अवस्था चाहि छैन । हामीले अन्तिम केहि महिनादेखि  बैंक तथा वित्तीय संस्थाहरुले  निर्णय प्रक्रियामा अनुभव गरेको कुरा हो । 

ओभरल रुपमा हेर्दा नकारात्मक असर मात्र छ । सकारात्मक असर  छैन । अर्काे निर्यातको कुरा चाही दातृ संस्था निकायहरुबाट आइरहेको जुन रकमहरु छन् उचित रुपमा च्यानलाइज गरेर चाडोभन्दा चाडो यसलाइ लिएर आउने व्यवस्था ग¥यो भने राम्रो हुन्छ ।

प्रश्न : जस्तो अहिलेको यो अवस्था आउनमा चाहि हाम्रो मुलुक रेमिट्यान्सले धानेको छ । रेमिट्यान्स कोभिड–१९ का कारणले घट्यो । जसले गर्दा जुन प्रवाहमा हुनुपर्ने आर्थिक क्रियाकलाप  हो त्यो कम हुदाँ यो समस्या आको हो भन्ने सुनिन्छ , खास कुरो के हो ?

उत्तर : अब यसको केहि प्रतिशत पक्कै पनि होला ? केहि वर्ष अगाडिदेखि अथवा लामो समयदेखि  मान्छेहरु बाहिर गएर रेमिट्यान्स लिएर आउने बढिरहेको छ । त्यसमा हामीले  मुलभुत रुपमा परिवर्तन गर्न सकेनौ ।

हिजो पनि हामीले हाम्रो तल्लो स्तरका कामदारको रुपमा  हाम्रा मान्छेहरु पठायौं । उहाँहरुको अप स्किल गरेर भोली पनि उहाँहरु त्यही जबमा जादाँ पुरै रकम भित्रायर आउने कुनै किसिमको मेकानिजम बनाउन सकेनौ ।

त्यहि भएर रेमिट्यान्सको वृद्धि, जुनसुकै कुराले पनि वृद्धि एउटा अल्टिमेटमा पुगेर फ्ल्याट  भएर फेरी डाउनकर्भ भएर नै जाने हो ।

यदि हामीले त्यो कर्भलाई अध्ययन गर्न चाहन्छौ भने त्यसमा केही कार्य गर्नपर्ने हुन्छ । रियल रुपमा बाहिर बिक्रि हुन सक्ने क्षमताहरुको विकास गरेर ल्याउन पर्छ । हिजो अलिकति विचार पुर्याएको भए आज ठुलो रुपमा वृद्धि हुन सक्थ्यो रेमिट्यान्सबाट चिन्तित हुन पर्दैनथ्यो ।

जुन रेमिट्यन्सबाट पैसा आएको छ, त्यसलाई च्यानलाईज गर्ने कुरामा के–के गर्न सकिन्छ  त्यसलाई उत्पादन गर्न प्रत्येक घर–घरमा नियमित खर्चको बाहेकको पैसालाई बचतलाई कसरी च्यानलाईज गर्न सकिन्छ । पविारलाई पनि भविष्यमा सजिलो होस देशमा पनि आर्थिक परिवर्तन गर्नसक्ने कुरा बनाउन सकिन्छ ।

अर्को कुरा हामी घाटामा निर्यात गरिरहेका छौँ । तर आयात गर्ने लिस्टमा हेर्ने हो भने सबैभन्दा बढि आयात पेट्रालियम पदार्थ गरिरहेका छौँ । फलामजन्य स्टील्स, निर्माण सामाग्री, कम्प्युटर, आयात गरिरहेका छौँ । 

हामीले खानेकुरा समेत आयात गरिरहेका छौँ । हामीले आयातको लिस्ट हेरेर के–के वस्तुहरु आयात गर्नबाट रोक्न सकिन्छ, त्यसलाई तुरुन्त लागू गर्ने र त्यसको साटो नेपालमै विकास गर्नतिर लाग्नुपर्छ ।