८ मंसिर, २०८१ शनिबार

06:20:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

२० बैशाख, २०७९

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ ।

सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीले आफ्नो नाममा रहेको २१ हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको हुनाले लघुवित्त कम्पनीले उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले सेयर लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको सेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसअनुसार सेयरधनीले उक्त सेयर खरिद गर्न सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीले एक सुचना प्रकाशन गर्दै उक्त संस्थापक सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।

साथै, तोकिएको समयअबधि भित्र कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।