२६ बैशाख, २०८१ बुधबार

05:38:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल एयरलाइन्सले २ वाइडबडीमा वाइफाइ सुविधा दिने

Nepal Business

२० बैशाख, २०७९

जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ ।

नेपाल एयरलाइन्सले २ वाइडबडीमा वाइफाइ सुविधा दिने

काठमाण्डौं । नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको हो ।

वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ ।

जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । 

आकासमा छँदा इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै यस्तो प्रणाली जडान गरिसकेका छन् । दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यसअघि जहाज नेपाली आकासमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन ।