८ मंसिर, २०८१ शनिबार
06:18:48 AM
२० बैशाख, २०७९
उच्च अदालत पाटनले राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा परमादेश जारी गर्दै सो निर्णय खारेज गरेकोे हो ।
काठमाडौं । उच्च अदालत पाटनले हिमालयन बैंक लिमिटेडको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्ज रद्द भएपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।
राष्ट्र बैंकको उक्त निर्णयविरूद्ध हिमालयन बैंक पाटन उच्च अदालत पुगेको थियो । उच्च अदालत पाटनले राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा परमादेश जारी गर्दै सो निर्णय खारेज गरेकोे हो ।
‘हिमालयन बैंकबाट शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे–जे गर्नुपर्ने हो, गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।