८ मंसिर, २०८१ शनिबार

06:25:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डलरको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

२० बैशाख, २०७९

अमेरिकन १ डलरको खरिदमूल्य १२२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिमूल्य १२२ रुपैयाँ ७३ पैसा कायम भएको

डलरको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । अमेरिकन डलरको मूल्य सोमबारको तुलनामा मंगलबार बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन १ डलरको खरिदमूल्य १२२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिमूल्य १२२ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

सोमबार अमेरिकन डलर १ को खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रीदर १२२ रुपैयाँ ५९ पैसा कायम भएको थियो ।

यस्तै युरोको मूल्यमा सामान्य गिरावट आएको छ । आज १ युरोको खरिददर १२८ रुपैयाँ ४८ पैसा र विक्रीदर १२९ रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार १ युरोको खरिददर १२८ रुपैयाँ ६० पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो । 

यस्तै १ युके पाउण्ड स्टलिङको खरिददर १५३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५४ रुपैयाँ २७ कायम भएको छ ।  

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ ।