२० बैशाख, २०८१ बिहिबार

12:13:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि स्कुलको वार्षिकत्सव तथा ग्राजुएशन कार्यक्रम सम्पन्न (भिडियोसहित)

Nepal Business

१९ बैशाख, २०७९

विधार्थीहरुको रचनात्मक र सृजनात्मक क्षमतालाई प्रस्तुत गर्ने एक अवसरका रुपमा यो कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल नरेश कुमार श्रेष्ठले बताउनुभयो ।

समृद्धि स्कुलको वार्षिकत्सव तथा ग्राजुएशन कार्यक्रम सम्पन्न (भिडियोसहित)

काठमाण्डौ । समृद्धि स्कुलको वार्षिकत्सव तथा पूर्व प्राथमिक तहको ग्राजुएशन कार्यक्रम सम्पन्न भएको छ । 

विद्यालयले सोमबार काठमाण्डौंस्थित कमलादीमा केजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरेको हो । 

सोही अवसरमा विधार्थीहरुले आफ्नो विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो । 

विद्यालय सञ्चालन समितिका अध्यक्ष डा।मनोहर भट्टराईले प्रिस्कुलका विभिन्न कक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै केजीका विद्यार्थीहरूलाई प्रिस्कुल कम्प्लेशनको प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । 

विधार्थीहरुको रचनात्मक र सृजनात्मक क्षमतालाई प्रस्तुत गर्ने एक अवसरका रुपमा यो कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल नरेश कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले विद्याथीहरुलाई विद्यालय शिक्षासंगै रचनात्मक कृयाकलापमा पनि संलग्न बनाउँदै अगाडि बढाउने बताउनुभयो ।

शिक्षालाई समयानुकुल बनाउन समृद्धि स्कुलले सबै उपायहरु अपनाउँदै अगाडि बढेको समेत प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । 
पुरा भिडियोमा ।