८ मंसिर, २०८१ शनिबार

05:52:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली स्वीकृत, इजाजत प्राप्ति र नविकरण शुल्क कति लाग्ने ?

Nepal Business

१९ बैशाख, २०७९

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली स्वीकृत,  इजाजत प्राप्ति र नविकरण शुल्क कति लाग्ने ?
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को पहिलो संशोधन जारी गरेको छ।
 
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र लिई मनिचेञ्जरको कारोबार गर्ने कम्पनीलाई इजाजतपत्र प्रदान गर्ने एवम् तिनीहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी देहायका विनियमहरू बनाएको  हो।
 
मनिचेञ्जरको कारोबारको इजाजतपत्र प्राप्त गर्न लाग्ने शुल्क
 –भारतीय रुपैयाँखरिद बिक्री कारोबारका लागि २५ हजार रुपैयाँ। 
– परिवत्र्य विदेशी मुद्राकोखरिद कारोबारका लागि १ लाख रुपैयाँ। 
– दुवै कारोबारका लागि १ लाख २५ हजार रुपैयाँ।
– विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप २५ हजार रुपैयाँ।
 
मनिचेञ्जरको कारोबारको इजाजतपत्र प्राप्त गर्न तथा इजाजतपत्र नवीकरण गर्न लाग्ने धरौटी रकम
 
– भारतीय रुपैयाँखरिद बिक्री कारोबारका लागि १ लाख रुपैयाँ। 
– परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि ५ लाख रुपैयाँ।
– दुवै कारोबारका लागि ६ लाख रुपैयाँ। 
– विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप २ लाख रुपैयाँ।  निर्धारण गरिएको छ ।