३० फागुन, २०८१ शुक्रबार
01:27:02 PM
१९ बैशाख, २०७९
केजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरेको
काठमाण्डौं । समृद्धि स्कुलको वार्षिकत्सव तथा पूर्व प्राथमिक तहको ग्राजुएशन कार्यक्रम भएको छ ।
विद्यालयले सोमबार काठमाण्डौंस्थित कमलादीमा केजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरेको हो ।
सोही अवसरमा विद्याथीहरुले आफ्नो विविध प्रतिभा प्रस्तुत गरिरहेका छन् । कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको छ ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष डा.मनोहर भट्टराईले प्रि–स्कुलका विभिन्न कक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका सथौ केजीका विद्यार्थीहरूलाई प्रिस्कुल कम्प्लेशनको प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।