२ जेठ, २०८१ बुधबार

03:01:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मोटर बीमा शुल्क घट्यो, कुन प्रदेशमा कति ?

Nepal Business

१९ बैशाख, २०७९

चैतमा घटेर १ अर्ब ४ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन भएको

मोटर बीमा शुल्क घट्यो, कुन प्रदेशमा कति ?

काठमाण्डौं । चालु आर्थिक वर्षको चैत महिनामा मोटर बीमा गराउने घटेका छन् । बीमा समितिका अनुसार फागुनको तुलनामा चैतमा मोटर बीमामार्फत उठ्ने कुल बीमा शुल्क ४.७५ प्रतिशतले घटेको हो । 

समितिले फागुनमा १२ लाख ७२ हजार ३८६ बीमालेख विक्री गरी १ अर्ब ९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । चैतमा घटेर १ अर्ब ४ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन भएको समितिले जनाएको 

यस्तै बीमालेख संख्याको विक्री भने चैतमा बढेको छ । चैतमा १४ लाख २५ हजार ७६८ बीमालेख विक्री भएको समितिले जानकारी दिएको छ । 

यसैगरी चैतमा सबैभन्दा बढी मोटर बीमाशुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यो प्रदेशबाट ४८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै लुम्बिनी प्रदेशबाट १२ करोड ८१ लाख, प्रदेश नम्बर १ बाट १० करोड ३६ लाख, गण्डकी प्रदशबाट ९ करोड ५८ लाख, मधेश प्रदशबाट ८ करोड ९२ लाख र कर्णाली प्रदेशबाट १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।

प्रदेशगत बीमा शुल्क आर्जनको अवस्था हेर्दा फागुनको तुलनामा चैतमा कुल बीमा शुल्क आर्जन घटेको छ ।

सबैभन्दा बढि बीमा शुल्क आर्जन घट्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । यस प्रदेशमा कुल बीमाशुल्क आर्जन चैतमा १२ प्रतिशत घटेको समितिले जनाएको छ । 

यस प्रदेशमा फागुनमा ४ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चैतमा ३ करोड ६८ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको छ ।