८ मंसिर, २०८१ शनिबार
06:23:03 AM
१८ बैशाख, २०७९
बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल जेठ १७ गते परिपक्क हुनेछ ।
बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल श्रावण १७ गते परिपक्क हुनेछ ।
यसैगरी बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल कार्तिक १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल वैशाख १९ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल वैशाख १९ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर वैशाख २० गते, मंगलबार बिक्री हुनेछ ।