१४ बैशाख, २०८१ शुक्रबार

01:02:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्वाचन आयोगको सन्देशमूलक भिडियो प्रतियोगिता, कति पुरस्कार पाउँछन् उत्कृष्ठ प्रतियोगिले ?

Nepal Business

१८ बैशाख, २०७९

भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले ५० हजार पुरस्कार दिने छ।

निर्वाचन आयोगको सन्देशमूलक भिडियो प्रतियोगिता, कति पुरस्कार पाउँछन् उत्कृष्ठ प्रतियोगिले ?

काठमाण्डौ । स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले ५० हजार पुरस्कार दिने छ।

त्यसैगरी ३० लाख दर्शक पुर्याउनेलाई ३० हजार रुपैयाँ र २० लाख दर्शक पुर्याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ।आयोगले जनाए अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने र सेयर गर्नुपर्नेछ।