८ मंसिर, २०८१ शनिबार
06:19:21 AM
१७ बैशाख, २०७९
डा सुवास केसीको संयोजकत्वमा बनेको छनोट समितिले उक्त अवार्डका लागि नबिललाई छानेको हो
काठमाडौँ,
नबिल बैंकबैंकले 'नेशनल एचआर एक्सेलेंन्स अवार्ड' प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड दिएको जनाइएको छ ।
मानव संसाधन व्यवस्थापनमा उत्कृष्ट काम गरेको र त्यसको सदुपयोग गरी काम प्रभावकारी गरेकाले उक्त अवार्ड दिइएको हो ।
मानव संसाधन व्यवस्थापनमा उत्कृष्ट काम गरेको र त्यसको सदुपयोग गरी काम प्रभावकारी गरेकाले उक्त अवार्ड दिइएको हो ।
डा सुवास केसीको संयोजकत्वमा बनेको छनोट समितिले उक्त अवार्डका लागि नबिललाई छानेको हो ।
अवार्डका लागि बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवलाई आधार मानिएको छ ।
३७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको नबिल बैंकको १४८ शाखा र १८८ एटिएम रहेका छन् ।