७ मंसिर, २०८१ शुक्रबार

12:42:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा छल्याङ

Nepal Business

११ पुस, २०७८

उद्योगले ६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य थियो । तर ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री गर्न उद्योग सफल भयो ।

उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा छल्याङ

 
काठमाण्डौं, पुस ११
नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन गरेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा ४४ हजार ५ सय मेट्रिकटन  क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएकोमा ५२ हजार ४ सय ४० मेट्रिकटन क्लिंकर उत्पादन गरिएको छ । 


उद्योगले  ६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य थियो । तर ६ लाख  २६ हजार  ३ सय ६० बोरा बिक्री गर्न उद्योग सफल भयो । 


मंसिर महिनामा मात्रै १५ हजार १० मेट्रिकटन क्लिंकर उत्पादन गरेको छ । यो चालू आवकै सबैभन्दा  बढी हो । आर्थिक वर्षको पहिलो महिना साउनमा ९ हजार ५, भदौमा १२ हजार १०, असोजमा ६ हजार ४ सय २०, कात्तिकमा  १० हजार १० मट्रिकटन  क्लिंकर उत्पादन भएको छ । मंसिर महिनामा उद्योगले एक लाख ९२ हजार ६ सय  २५ बोरा सिमेन्ट बिक्री गरेको छ ।