८ मंसिर, २०८१ शनिबार
12:45:52 AM
१७ बैशाख, २०७९
गठबन्धनले निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन कार्यालय, संयुक्त प्रचार टोली तथा आवश्यक तयारीका कामसमेत अगाडि बढाएका छन् ।
काठमाडौँ,
तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ ।
गठबन्धनको तर्फबाट पनि स्थानीय तहको अधिकतम् परिचालन र अघिल्लो निर्वाचनमा भनिएजस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिकरूपमा कार्यान्वयन गराउने लक्ष्य राखिएको छ ।
त्यसका अलावा गठबन्धनको तर्फबाट पनि स्थानीय तहको अधिकतम् परिचालन र अघिल्लो निर्वाचनमा भनिएजस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिकरूपमा कार्यान्वयन गराउने लक्ष्य राखिएको छ ।
जनताको घर–आँगनको सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ केन्द्रमा राखिएको छ ।
गठबन्धनका तर्फबाट देशव्यापीरूपमा सार्वजनिक भएका घोषणापत्र र त्यसले सम्बोधन गर्न खोजेको विषयले पनि स्थानीय सरकार आफैँमा महत्वपूर्ण रहेको तथ्यलाई आत्मसात् गरिएको छ ।
माओवादीले ‘सामाजवादोन्मुख समृद्धिका लागि माओवादीको नेतृत्व’ भन्ने नाराका साथ आफ्ना उम्मेदवारलाई स्थानीय तहमा परिचालन गरेको छ । सङ्घीयता कार्यान्वयन भएपछि केन्द्रीयस्तरमा एकीकृत घोषणापत्र नबनाई स्थानीय तहमा नै घोषणापत्र बनाउने नीति माओवादीले पहिलोपटक कार्यान्वयनमा ल्याएको हो ।
“सङ्घीय निर्वाचन भएको भए केन्द्रीयस्तरमा नै घोषणापत्र बनाउनु आवश्यक हुन्थ्यो । यो त स्थानीय सरकारको निर्वाचन हो । जुन पालिकामा जुन खालको घोषणापत्र आवश्यक पर्छ, सोही आधारमा नै घोषणापत्र तय गरिएको छ”, माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो ।
गठबन्धनका तर्फबाट पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिकामा साझा घोषणापत्र तयार पारेर निर्वाचन अभियानमा होमिइसकेका छन् ।
काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर, चितवनको भरतपुर, वीरगञ्ज, विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट साझा घोषणापत्र तयार पारेर निर्वाचनमा केन्द्रित हुने तयारी छ ।
गठबन्धनले निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन कार्यालय, संयुक्त प्रचार टोली तथा आवश्यक तयारीका कामसमेत अगाडि बढाएका छन् ।
घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट अगाडि सारिएका उम्मेदवारको पक्षमा वडासम्म नै संयुक्तरूपमा परिचालित भएको कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको भनाइ छ ।