१७ बैशाख, २०८१ सोमबार

09:13:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना भाइरस संक्रमणका कारण बेइजिङमा विद्यालयहरु बन्द

Nepal Business

१७ बैशाख, २०७९

विद्यालय अब पुनः कहिले सुचारु गर्ने भन्नेबारे महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले बताएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण बेइजिङमा विद्यालयहरु बन्द

चीन ।  कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि साबिक बमोजिमको विदा सुरु हुनु अगाडि नै विदा दिइएको हो ।

सरकारले बाल शिशु कक्षादेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

विद्यार्थीहरूको विदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित विदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो, सरकारी एक अधिकारीले बताए ।

महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरिएको थियो ।

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।

विद्यालय अब पुनः कहिले सुचारु गर्ने भन्नेबारे महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले बताएका छन् ।