२५ बैशाख, २०८१ मंगलबार

03:05:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी अर्थतन्त्र १.४ प्रतिशतले संकुचन

Nepal Business

१७ बैशाख, २०७९

अमेरिकी वाणिज्य विभागको तथ्यांकले कुल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशतले घटेको देखिएको हो ।

अमेरिकी अर्थतन्त्र १.४ प्रतिशतले संकुचन

बीबीसी । अमेरिकी अर्थतन्त्रमा वर्षको सुरुवात कै तीन महिना संकुचन देखिएको छ । युक्रेन आक्रमणले व्यापार खलबलिँदा अर्थतन्त्रमा संकुचन देखिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी वाणिज्य विभागको तथ्यांकले कुल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशतले घटेको देखिएको हो । सुस्त वृद्धिदरको अनुमानविपरीत अर्थतन्त्रमा संकुचन देखिएको हो ।

कोरोनाजनित सन् २०२० को संकुचन यता पहिलोपटक यस्तो देखिएको बताइएको छ । विश्लेषकहरुले निर्यातमा गिरावट र आयातवृद्धिले अर्थतन्त्र बिग्रिएको बताएका छन् । यद्यपि यसले मन्दी नल्याउने बताइएको छ ।

अमेरिकामा अहिले महंगी समेत चार दशकयताकै उच्च दरमा रहेको छ । उपभोक्ता खर्च भने उत्साहजनक रहेको छ । यस्तो खर्च उक्त तीन महिनामा २.७  प्रतिशतले बढेको छ ।

यद्यपि अमेरिकी व्यवसायमा आपूति शृंखला खलबलिएको देखिएको छ । यो हप्ताको तथ्यांकले अमेरिकी वस्तु व्यापारघाटा गत महिना कीर्तिमानी विन्दुमा पुगेको देखिएको छ । सन् २०२१ को अन्तिम तीन महिनामा ६.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो ।