८ मंसिर, २०८१ शनिबार
06:11:55 AM
१६ बैशाख, २०७९
क्षेत्री सुरुमा संचालक भएर आए पनि पछि अध्यक्ष बनाइएको बताइएको छ ।
काठमाडौं,
डिजिटल वित्तीय सेवा (पैसा आदानप्रदान तथा भुक्तानीमा विद्युतीय सेवा) उपलब्ध गराउँदै आएको इ-सेवाबाट अस्गर अली निस्किनुभएको छ । उहाँलाई इ-सेवाको मास्टर माईन्डको रुपमा पनि चिनिन्थ्यो ।
अलीले इसेवाको संचालक पदबाटै राजिनामा दिएर बाहिरिएको बताइएको छ । उहाँ इसेवामा प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गर्नुभएको थियो ।
अलीले इसेवाको संचालक पदबाटै राजिनामा दिएर बाहिरिएको बताइएको छ । उहाँ इसेवामा प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गर्नुभएको थियो ।
तर पछिल्लो समयमा अली संचालकको रुपमा हुनुहुन्थ्यो । उहाँले यही वैशाख १२ देखि सञ्चालकबाट समेत राजिनामा दिएको श्रोतले बताएको छ ।
इसेवामा पूर्व बैंकर परशुराम कुँबर क्षेत्री प्रवेश गर्नुभएको छ । क्षेत्री सुरुमा संचालक भएर आए पनि पछि अध्यक्ष बनाइएको बताइएको छ ।
आउँदो हप्ता उहाँको सपथग्रहणको कार्यक्रम रहेको छ ।