२६ बैशाख, २०८१ बुधबार

11:19:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उत्साह जनक बन्ला त आर्थिक वृद्धिदर ?

केशव आचार्य ।

१६ बैशाख, २०७९

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

उत्साह जनक बन्ला त आर्थिक वृद्धिदर ?

मुलुकमा कोरोना महामारीको प्रभाव न्यून भएसँगै अर्थतन्त्र चलायमान भएको तथा खुद उपभोगमा वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ भने उपभोक्ता मूल्यका आधारमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण तथ्यांक विभागले गरेको हो । 

यसअनुसार आधारभुत मूल्यमा नेपालको जीडीपी ४१ खर्ब ५ अर्ब रुपैयाँ कायम रहने विभागले जनाएको छ । विभागले कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैरकृषि क्षेत्रमा ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/०७९ मा अर्थतन्त्र उकालो लाग्ने अनुमान गरेको छ । विभागले ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा यो अनुमान गरेको हो ।

यसअनुसार आधारभुत मूल्यमा नेपालको जीडीपी ४१ खर्ब ५ अर्ब रुपैयाँ कायम रहने विभागले जनाएको छ । विभागले कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैरकृषि क्षेत्रमा ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागले यसअघि सार्वजनिक गरेका तथ्यांकहरूलाई समेत परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ मा २.४२ प्रतिशतले आर्थिक वृद्धिदर नकारात्मक रहेको जनाएको छ ।

यसअघि विभागले २.१२ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको थियो । यसैगरी गत आर्थिक वर्ष २०७७/०७८ मा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको परिवर्तित अनुमान गरेको छ ।

विश्व बैंकले भने केही समयअघि चालु आर्थिक वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो भने एसियाली विकास बैंकले ३.९ प्रतिशको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

अन्तर्राष्टिय मुद्रा कोषले ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।

यससँगै उपभोक्ता मूल्यमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कायम रहने विभागको प्रारम्भिक तथ्यांकले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा कुल जीडीपीमा सेवा क्षेत्रको योगदान अत्यधिक हुने देखिएको छ ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्राथमिक क्षेत्र वा कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको योगदान २४.५ प्रतिशत रहने प्रारम्भिक अनुमान विभागले गरेको छ भने द्वितीय क्षेत्र वा उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रको योगदान भने घटेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण विभागले गरेको छ ।

उल्लेखित क्षेत्र अन्तर्गत पनि सबैभन्दा धेरै विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाले ३६.६७ प्रतिशत योगदान गरेको जनाइएको छ । गत वर्ष यस क्षेत्रको योगदान २.५७ प्रतिशत मात्र रहेको थियो । 

नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रको योगदान भने घटेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण विभागले गरेको छ ।

अघिल्लो आवको तुलनामा चालू आवमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) दरमा ०.५१ प्रतिशतले ह्रास आउने विभागको तथ्यांकले देखाएको हो ।

चालु आवको सात, आठ महिनाको प्रतिवेदनको आधारमा तथ्यांक तयार गरिएको भए पनि हाल अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशतको आसपासमा आर्थिक वृद्धि हुन सक्ने अर्थविद्हरुले बताइरहेका छन् । अहिले बैंकिङ क्षेत्रमा तरलताको समस्याले गर्दा लगानी प्रभावित भएको छ। 

विदेशी विनिमय सञ्चितिमा परेको चाप कम गर्न सरकारले आयात नियन्त्रण गरेको छ । त्यसले पनि उत्पादनमा असर गर्छ । जसका कारणले पनि त्यो तहको आर्थिक वृद्धि नहुन सक्छ विज्ञहरुको तर्क रहेको छ ।

 यस प्रक्षेपणको कतिपय क्षेत्रमा अत्यधिक मात्रामा आर्थिक वृद्धि हुने आकलन गरिएको छ । अहिले अर्थतन्त्रमा परेको संकट, निजी क्षेत्रले सामना गर्नुपरेको समस्या आकलन गर्दा त्यसले आर्थिक वृद्धिमा असर गर्ने देखिन्छ ।