८ मंसिर, २०८१ शनिबार
05:56:24 AM
१६ बैशाख, २०७९
शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने
काठमाण्डौं । कुमारी बैंक र ट्राफिक प्रहरीबीच जरिवाना क्युवारबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो ।
यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी शीधै भुक्तानी गर्न सकिनेछ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।