२० बैशाख, २०८१ बिहिबार

06:41:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ सम्म विदा, नियमित परीक्षा सञ्चालन हुने

१५ बैशाख, २०७९

शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

 त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ सम्म विदा,  नियमित परीक्षा सञ्चालन हुने

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ ।

त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ ।