८ मंसिर, २०८१ शनिबार
05:43:59 AM
१५ बैशाख, २०७९
चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुवै कम्पनी ‘जेड’ वर्गमा परेका थिए ।
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले पहिले जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा उकालेको छ । नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ वर्गमा पारेको हो ।
यसअघि चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुवै कम्पनी ‘जेड’ वर्गमा परेका थिए । दुवै कम्पनीले जेड वर्गमा पर्नु नपर्ने कारण सहितको दाबी पेश गरेपछि पुनरावलोकन गरी तोकिएको अवधिभित्र रितपूर्वक निवेदन पर्न आएको भन्दै नेप्सेले ‘ए’ वर्गमा पारेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्ने गरेको छ ।
नेप्सेले विभिन्न प्रावधानहरु पुरा गरेको आधारमा कम्पनीहरुलाई वर्ग ए, वर्ग बी, वर्ग जि र वर्ग जेडमा वर्गिकरण गर्दै आएको छ । नेप्सेले गरेको वर्गिकरणमा परेका कम्पनीहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।