८ मंसिर, २०८१ शनिबार
05:46:33 AM
१५ बैशाख, २०७९
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (आज) युरोपियन युरोको खरिददर र विक्रीदर नै घटेको
काठमाण्डौं । अमेरिकन अमेरिकन डलर १ को खरिददर १२२ रुपैयाँ १६ पैसा र विक्रीदर १२२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (आज) युरोपियन युरोको खरिददर र विक्रीदर नै घटेको छ ।
बुधबार युरो १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रीदर १३१ रुपैयाँ २७ पैसा भएकोमा आज युरो १ को खरिददर १२९ रुपैयाँ ६१ पैसा र विक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।
यस्तै युके पाउण्ड स्टलिङको मूल्य पनि घटेको छ । हिजो १ युके पाउण्ड स्टलिङको खरिददर १५५ रुपैयाँ ४२ पैसा र विक्रीदर १५६ रुपैयाँ १८ पैसा कायम भएको थियो ।
आज बिहीबार उक्त मूल्य घटेर १ युके पाउण्ड स्टलिङको खरिददर १५३ रुपैयाँ ७० पैसा र विक्रीदर १५४ रुपैयाँ ४५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ६४ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा छ ।