८ मंसिर, २०८१ शनिबार

05:15:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको नारायणगढमा भिषण आगलागी, क्षतिको विवरण आउन बाँकी

१५ बैशाख, २०७९

दुर्गा इलेक्ट्रोनिक, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदामबाट आगो शुरु भएको हो ।

चितवनको नारायणगढमा भिषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ, 

चितवनको नारायणगढस्थित कमलनगरमा भिषण आगलागी भएको छ ।

राती २ बजे  तुल्सिराम सापकोटाको चार तल्ले घरको पहिलो तल्लामा विभिन्न ब्यक्तिहरुले संचालन गरेको पसलमा आगो लागेको चितवन प्रहरीले जनाएको छ । 

राती २ बजे  तुल्सिराम सापकोटाको चार तल्ले घरको पहिलो तल्लामा विभिन्न ब्यक्तिहरुले संचालन गरेको पसलमा आगो लागेको चितवन प्रहरीले जनाएको छ । 

दुर्गा इलेक्ट्रोनिक, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदामबाट आगो शुरु भएको हो । 

उक्त सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणघाट र जिल्ला प्रहरी कार्यालय, चितवनबाट प्रहरी टोली खटिएको र पछि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय व्यक्तिले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिकाबाट, र नेपाली सेनाका चार वटा दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य अहिले पनि जारी छ ।

क्षतिको विवरण भने आउन बाँकी रहेको छ । 

यी पसलमा लागेको छ आगो

१,विष्णुप्रसाद लामिछानेको (एक्सप्रेस मोबाईल पसल)
२, विष्णु आचार्यको (दुर्गा ईलेक्ट्रोनिक पसल )
३, बसन्त कार्कीको (श्री कृष्ण सप्लायर्स)
४, शंकर सापकोटाको (जुत्ता पसल)
५, वासुदेव आचार्यको (फेन्सी पसल)
६ सुर्यमणि लामिछानेको (दियालो फेन्सी पसल)