६ जेठ, २०८१ आइतबार

08:55:58 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा आरोहण गर्दै दृष्टिविहीन अमिट : सरकारद्धारा रोयल्टी मिनाहा गरी थप १० लाख सहयोग

Nepal Business

१४ बैशाख, २०७९

केसीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा बिदाइ गर्दै केसीको साहसिक कामको सराहना गर्नुहुँदै आरोहण सफलताको शुभकामना व्यक्त गर्नुभयो

सगरमाथा आरोहण गर्दै दृष्टिविहीन अमिट : सरकारद्धारा रोयल्टी मिनाहा गरी थप १० लाख सहयोग

काठमाडौँ ,
सरकारले सगरमाथा आरोहण गर्न लागेका फरक क्षमता भएका (दृष्टिविहीन) अमिट केसीलाई रोयल्टीबापतको रकम मिनाहा गर्नुका साथै थप रु १० लाख आर्थिक सहयोग गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम बागलुङ जैमिनी नगरपालिका–४ निवासी केसीलाई रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको होे । 

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम बागलुङ जैमिनी नगरपालिका–४ निवासी केसीलाई रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको होे । 

मन्त्रिपरिषद्को गत चैत २४ गतेको बैठकले केसीले बुझाउनुपर्ने रोयल्टीबापतको रकम मिनाहा गरी थप रु १० लाख आर्थिक सहयोग गर्ने निर्गण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सोही निर्णयअनुरूप रोयल्टी छुट तथा आर्थिक सहयोग गएिको पर्यटन मन्त्रालयले जनाएको छ । 

सगरमाथा आरोहमा निस्कन लाग्नुभएका केसीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले  मन्त्रालयमा बिदाइ गर्दै केसीको साहसिक कामको सराहना गर्नुहुँदै आरोहण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
 सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यका साथ केसीले पर्यटन विभागबाट आरोहण अनुमति लिइसक्नुभएको छ । 

केसीले आफ्नो परिवारको भरणपोषणका लागि खाइपाइ आएको प्राथमिक विद्यालय दृष्टिविहीन राहत दरबन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दृष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्ने प्रयासमा रहेको बताउनुभयो । 

सोलुखुम्बुको ६,१८६ मिटर उचाइको आइसल्याण्ड पिक, छ हजार ६५४ मिटरको मेरापिक र छ हजार ११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गरी नेपालको पहिलो दृष्टिविहीन आरोही बन्नुभएको थियो  । 

उहाँ सगरमाथा आरोहण गर्न सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्ने जनाइएको छ । 
केसीले सन् २०१७ मा पनि सगरमाथाको आरोहणका क्रममा अक्सिजन सकिएका कारण आठ हजार मिटर आरोहणबाट फर्किनुपरेको थियो । केसीले ‘दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियान २०७८र७९’ नाममा आरोहणमा निस्कनुभएको हो ।