२१ बैशाख, २०८१ शुक्रबार

05:30:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोल्टी होटलको आम्दानी २०२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३ भदौ, २०७९

सोल्टी होटलको आम्दानी २०२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

होटलले  सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३० करोड १६ लाख ३१ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको होटल २२ करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

समिक्षा अवधिसम्ममा होटलको जम्मा आम्दानी २०२ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४५ करोड ३९ लाख २६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा होटेलको सञ्चालन मुनाफा बढेर १ अर्ब ३७ करोड १५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । होटलको  रिजर्भको आकार बढेर ८९ करोड १२ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.५८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २.६७ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ २०.५८ रुपैयाँ रहेको होटेलको पीई रेसियो ५६.५७ गुणा रहेको छ।