१३ बैशाख, २०८१ बिहिबार

10:54:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्री, गभर्नर र धितोपत्र वोर्डबाटै सेयर बजारलाई प्रभाव पार्ने खेल हुन्छ: अध्यक्ष पोखरेल (भिडियो सहित)

१४ बैशाख, २०७९

सेयर बजारमात्र नभएर अर्थतन्त्र सबल हुन गभर्नरसँगै अर्थमन्त्री पनि परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ । ‘गभर्नर र अर्थमन्त्री फरक–फरक सोचका साथ काम गरिरहनुभएको छ ।

 मन्त्री, गभर्नर र धितोपत्र वोर्डबाटै सेयर बजारलाई प्रभाव पार्ने खेल हुन्छ: अध्यक्ष पोखरेल (भिडियो सहित)

काठमाण्डौं । अहिले सेयर बजार बढ्नेभन्दा पनि घट्ने क्रम बढि छ । जसले गर्दा लगानीकर्ता निकै चिन्तित छन् । लगानीकर्ताहरु अब सेयर बजार कहिले बढ्ला भन्ने आशमा छन् ।

तर सेयर बजार ओरालो लागिरहेको छ ।नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले अर्थमन्त्री र गभर्नरले आपसी मतभेदभन्दा माथि रहेर काम गर्दा सेयर बजारमा सुधार देखिने बताउनुभयो ।

तर दुबै जना फरक राजनीतिक आस्थामा भएकाले उहाँहरुबीच आपसी तालमेल नहुने लगानीकर्ताले बुझिसकेको पोखरेलले बताउनुभयो । यस्तो अवस्थामा उहाँहरुले आस्वासन दिएर केहि नहुने अध्यक्ष पोखरल बताउनुहुन्छ । 

‘लगानीकर्ताले के बुझिसक्नुभयो भने अर्थमन्त्री र गभर्नर भनेको पूँजी बजार विरोधी हुन् । ४/१२ को क्याप लगाएर सेयर बजारलाई अंकुस लगाएको छ’, उहाँले भन्नुभयो, ‘यस्ता प्रतिबन्ध फुकुवा गर्नुपर्ने र बोल्ने भन्दा पनि काम भयो भने सेयर बजारमा सुधार आउँछ ।’

तर सेयर बजारलाई घटाउनेमा पनि उहाँहरुकै बढि भूमिका रहेको पनि उहाँले बताउनुभयो । सेयर बजारमात्र नभएर अर्थतन्त्र सबल हुन गभर्नरसँगै अर्थमन्त्री पनि परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ । 
‘गभर्नर र अर्थमन्त्री फरक–फरक सोचका साथ काम गरिरहनुभएको छ । जसले गर्दा उहाँहरुको तालमेल मिल्दैन ।

उहाँले गर्ने सहयोग जहिले विपक्षामा रहन्छ । जस्तो अहिले अर्थतन्त्र र सेयर बजार राम्रो भयो भने अर्थमन्त्रीलाई जस जान्छ, त्यो कुरा गभर्नरले लिन सक्नुहुन्न । यस्तो सिस्टम नै खारेज हुनुपर्छ ।’

यस्तै उहाँले सेयर बजारलाई प्रभाव पार्ने मुख्य कारण अस्थिर राजनीति, सेयर बजारमैत्री पोलेसी नबन्नु, राजनीतिज्ञको सेयर बजार प्रति टिकाटिप्पणी रहेको बताउनुभयो । 

‘कुनै नेताले सेयर बजारका बारेमा बोल्दे त्यसको प्रत्यक्ष असर बजारमा देखिन्छ । अर्को कुरा नेपालको पोलेसी नै स्थिर छैन ।

लगानी गरेको तीन महिनाको रिटन नआउँदै पोलेसी चेन्ज हुन्छ’, उहाँले भन्नुभयो, ‘गभर्नर परिर्वतन हुँदा उहाँले आफू अनुकुल पोलेसी बनाउनुहुन्छ । धितोपत्र बोर्डको अध्यक्ष आउदा तीन पुस्तालाई पुग्ने गरि कमाउने तरिकाबाट आउनुहुन्छ, नेप्सेको पनि त्यस्तै, अर्थमन्त्री त्यस्तै हुनुहुन्छ । जसले गर्दा जोखिम सधै रहन्छ ।’

सेयर बजार सुरक्षित कसरी हुन्छ ? 

उहाँका अनुसार जोखिम कम गर्न सेर बजारमैत्री पोलेसी हुनुपर्ने, स्थिर राजनीति, सेयर बजार सम्बन्धी टिका–टिप्पणी नगर्ने लगायतका विषयमा ध्यान दियो भने लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छन् । 
तर सेयर बजारमा सुरक्षितसँग लगानी गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।

सुरक्षित लगानी कसरी गर्ने ? 

सुरक्षित लगानीका लागि लगानीकर्ताले इन्डेक्सलाई भन्दा पनि कम्पनीलाई हेरेर लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । सेयर बजार मात्र नभएर जुनसुकै क्षेत्रमा लगानी गर्दा बुझेर लगानी गर्दा जोखिम कम हुने उहाँ बताउनुहुन्छ ।

‘अहिले सेयर बजार बढ्दै जाँदा बजारका बारेमा थाहा नभएकाले पनि लगानी गर्न थाले । जोखिम त भइनै हाल्छ । कुनै पनि क्षेत्रको ज्ञानै नभई लागियो भने अवश्य डुबिन्छ’, उहाँले भन्नुभयो । अरुभन्दा सेयर बजार एकदमै जोखिम भएको क्षेत्र भएकाले बुझेर मात्र लगानी गर्न उहाँले सुझाव दिनुभयो । सेयर बजारलाई स–साना कुराले पनि असर पार्ने उहाँले बताउनुभयो । 

सेयर बजार चारै तिरबाट प्रहार हुने क्षेत्र भएकाले अर्थतन्त्र बिग्रने बित्तिकै यो पनि बिग्रने उहाँले बताउनुभयो ।  यस्तै उहाँले अरुले भनेको भरमा लगानी गर्नुभन्दा पनि आफूले लगानी गर्ने पैसा कस्तो हो ? र आफूले लगानी गर्ने कम्पनी कस्तो हो ? सबै कुराको अध्ययन गरेर मात्र लगानी गर्दा सुरक्षित हुने बताउनुभयो । 

‘रे’को भरमा लगानी गर्नुभन्दा आफूले लगानी गर्न लागेको कम्पनीका बारेमा आफूले नै अध्ययन गर्नुपर्ने उहाँको भनाई छ । लगानीकर्ताको ठूलो शत्रु लोभ र डर रहेको बताउँदै बजारमा आइसकेपछि लोभ डर त्याग्नु पर्ने उहाँले बताउनुभयो । 

सेयर बजार लगानी गर्ने केन्द्र बिन्दु कसरी बन्यो ? 
सर्वप्रथम, सेयर भनेको ‘सेयर कम्पनीको एक हिस्सा हो भने किनबेच गर्ने ठाँउलाई बजार भनिन्छ ।’ जसलाई सेयर बजार भनिन्छ । 

यस सेयर बजारमा गृहणीदेखि, कर्मचारी, पसले, व्यवसायी, उद्यमी लगायतकाको लगानी छ । उहाँका अनुसार अन्य क्षेत्रमा लगानी गर्नु प¥यो भने धेरै लगानी चाहिने भएकाले सेयर बजारमा थोरै लगानीबाट सुरुवात गर्न सकिने भएकाले यस बजारमा लगानीकर्ता धेरै हुनुहुन्छ । 

उहाँले भन्नुभयो, ‘सेयर बजारमा लगानी गर्न आफूसँग एक हजार रुपैयाँ र एउटा मोबाइल भए पुग्यो । त्यो सँगसँगै अरु पेशामा आबद्ध भएर पनि यसमा लगानी गर्न सकिने भएकाले पनि लगानीकर्ताको आर्कषण बनेका हुन् ।’

यससँगै अर्को ठूलो कारण लकडाउन हो । कोरोना महामारी रोकथामका लागि करिब २ वर्ष अघि सरकारले गरेको लकडाउनले सेयर बजारलाई उचाइमा पुर्याउने काम गरेको उहाँले बताउनुभयो । 

आर्थिक क्षेत्र ठप्प भएको अवस्थामा लगानी गर्ने वातावरण नभएपछि धेरैले सेयर बजारमा लगानी गरेकाले सेयर बजार उच्च थियो । लकडाउनकै कारण १५ लाख लगानीकर्ता रहेको सेयर बजारमा लगानीकर्ता बढेर ५३ लाख पुगेको उहाँले जानकारी दिनुभयो । 

नयाँ लगानीकर्ता कसरी जोडिने ?
नयाँ लगानीकर्ताले सुरुमा आइपीओबाट सुरुवात गर्दा राम्रो हुने उहाँको भनाइ छ । 

तर अहिले धेरैले आइपीओ नपर्ने गुनासो गर्दै आएका छन् । लगानीकर्ता धेरै र आइपीओको संख्या थोरै भएकाले नपरेको उहाँले बताउनुभयो । ‘आइपीओ थोरै खुल्छ लगानीकर्ता ५३ लाख हुनुहुन्छ, जसले गर्दा चिठ्ठाबाट बाँडफाँड हुन्छ । यसमा कुनै सेटिङ हुँदैन’, उहाँले भन्नुभयो । 

यस्तै उहाँले सेयर बजारमा लगानीकर्ता भित्र्याउन काम गरिरहेको बताउनुभयो । ‘पूँजी छ, बजार सम्बन्धी ज्ञान छैन, ज्ञान छ तर पहुँच छैन’, उहाँले भन्नुभयो, ‘यस्ता लगानीकर्ताहरुलाई बजारमा ल्याउने काम भइरहेको छ ।