८ मंसिर, २०८१ शनिबार

05:46:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने

Nepal Business

१४ बैशाख, २०७९

राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउन लागिएको मिश्रले बताउनुभयो ।

राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले उक्त जानकारी गराउनुभएको हो ।

विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला केन्द्रीय बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने बताएको हो । राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउन लागिएको मिश्रले बताउनुभयो ।

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि केन्द्रीय बैकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको हो ।  मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका हुन्छन् । 

साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ ।