८ मंसिर, २०८१ शनिबार
06:25:44 AM
१४ बैशाख, २०७९
दुवै बैंक अब अर्को बैंकसँग मर्जर वा एक्विजिसनमा जानु पर्ने भएको छ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको विषयमा कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।
गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिव एक वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।
दुवै बैंकलाई यथाशीघ्र अरु कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान पनि भनेको छ । ती दुवै बैंक अब अर्को बैंकसँग मर्जर वा एक्विजिसनमा जानु पर्ने भएको छ ।