२१ बैशाख, २०८१ शुक्रबार

07:46:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य घट्यो

१४ बैशाख, २०७९

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

सुनको मूल्य घट्यो

काठमाण्डौ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ ।

बुधबार छापावला सुनको मूल्य ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ ।

यसको  मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।