२४ बैशाख, २०८१ सोमबार

06:11:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुलेगौडा कोत्रेखण्डका बासिन्दा भन्छन् धुलोले आजित भयौँ, कति सहने ?

Nepal Business

१३ बैशाख, २०७९

घाम लाग्दा धुलो, पानी पर्दा हिलोको समस्यामा यहाँका सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएको खनालले बताउनुभयो

दुलेगौडा कोत्रेखण्डका बासिन्दा भन्छन् धुलोले आजित भयौँ, कति सहने ?

तनुहुँ,
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका ठाकुर खनाल घर अगाडि उडेको धुलोले आजित हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडकमा दिनदिनै उड्ने धुलोको असर उहाँले शब्दमा बयान गर्न सक्नुहुन्न । 

“दुई वर्ष भयो धुलो खाँदै बस्नुपरेको, धुलोले कति आजित र हैरान भयौ भन्ने कुरा भनिसाध्य छैन”, उहाँले भन्नुभयो, “धुलोका कारण कति पटक त बिरामी पनि परियो ।” 

विगत दुई वर्षदेखि सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटनामा धेरैले ज्यानसमेत गुमाएको उहाँले उल्लेख गर्नुभयो । घाम लाग्दा धुलो, पानी पर्दा हिलोको समस्यामा यहाँका सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएको खनालले बताउनुभयो । 

“यो समस्या समाधानका लागि धेरैपटक सम्बन्धित निकाय गुहा¥यौँ, तर कहीँबाट पनि समाधान भएन”, उहाँले भन्नुभयो, “हैरान भइसक्यौँ ।” शुक्लागण्डकी नगरपालिका–२ हलेदीका शङ्कर पन्तले दुई वर्षदेखि धुलाम्य बाटोले यस ठाउँका स्थानीयवासीले हैरानी बेहोरेको बताउनुभयो । 

“यसको समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गरायौँ, विगतमा सडक डिभिजन प्रमुखलाई कार्यालयमा पनि थुन्यौँ, तर काम भएन”, उहाँले भन्नुभयो, “विगत सडक टालटुल भयो, समस्या जहाँको तहीँ रह्यो ।”