८ मंसिर, २०८१ शनिबार
04:42:57 PM
१३ बैशाख, २०७९
उनीहरुमाथि आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनीहरुमाथि आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव इन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको आयोगले जानकारी दिएको हो ।
वन अधिकृत भरतबहादुर बुढा थापा, सब इन्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब९इन्जिनियर (सब ओभरसियर) रवीन्द्र शाही, निर्माण उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।