८ मंसिर, २०८१ शनिबार
01:51:10 AM
१३ बैशाख, २०७९
वैशाख १ गतेसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।
काठमाण्डौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा १ अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।
नयाँ वर्ष २०७९ को वैशाख १ गतेसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । पछि वैशाख ९ मा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।
उता कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । १ वैशाखमा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ९ वैशाखसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।