८ बैशाख, २०८१ शनिबार

07:03:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कङ्गोमा सेनाले निर्माण गर्यो १२ किमी सडक

१२ बैशाख, २०७९

माघ १३ गतेबाट निर्माण शुरु भइ वैशाख ७ गते सम्पन्न गरेको उक्त सडकको कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गर्नुभयो ।

कङ्गोमा सेनाले निर्माण गर्यो १२ किमी सडक

काठमाडौँ, 
संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति मिसनमा खटिएको नेपाली सेनाले त्यहाँको गाउँमा १२ किलोमिटर सडक निर्माण गरेको छ ।

श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ् गुल्म)ले कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ

श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ् गुल्म)ले कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ। 

गएको माघ १३ गतेबाट निर्माण शुरु भइ वैशाख ७ गते सम्पन्न गरेको उक्त सडकको कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा सहभागि अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्धारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो । 

द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विस्वासको वातावरण सिर्जना भइ सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।