८ मंसिर, २०८१ शनिबार

04:40:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेलम्चीको पानी काठमाण्डौंका धारामा, कुन–कुन ठाँउ पुग्यो पानी

११ बैशाख, २०७९

मेलम्चीको पानी काठमाण्डौंका धारामा, कुन–कुन ठाँउ पुग्यो पानी

काठमाण्डौं । मेलम्चीको पानी काठमाण्डौंका विभिन्न ठाँउमा वितरण सुरु भएको छ । 

खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाण्डौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गर्नु भएको हो । 

आइतबार मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार क्रमैसँग केही दिनभित्रै सबै पानी ट्यांकीबाट मेलम्चीको पानीको वितरण सुरु गरिनेछ । 

केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । पानी वितरणको तालिका नबनेकाले पानी कतिखेर आउँछ भन्ने तय भएको छैन । 

केयूकेएलका शाखाहरुले तालिका बनाएपछि पानी आउने समय सार्वजनिक गर्ने केयूकेएलले जानकारी दिएको छ । त्यसपछि अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ ।

केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ ।

गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउने केयूकेएलले जनाएको छ ।

रासस