६ जेठ, २०८१ आइतबार

09:58:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकको देशव्यापी साक्षरता अभियान

Nepal Business

८ पुस, २०७८

ग्लोबल आइएमई बैंकको देशव्यापी साक्षरता अभियान


ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरु सञ्चालन गरिरहेको छ । बैंकले अहिलेसम्म १ सय ७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १ सय ७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको छ । 

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गर्ने विज्ञाप्ति निकालेर बैंकले जानकारी दिएको छ । 
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्यका साथ यस अभियानका लागि 
बैंकले ७६ जिल्लामा रहेका आफ्ना २ सय ८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासीलाई लाभान्वित बनाएको छ ।