२१ बैशाख, २०८१ शुक्रबार

11:20:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अहिले नेपाली उत्पादन बढाउने अवसर हो : योजना आयोगका उपाध्यक्ष पौडेल

Nepal Business

१० बैशाख, २०७९

नेपाली औषधि उद्योगको अवस्थाका बारेमा विस्तृत विवरणसहित आउन उहाँले आग्रह गर्नुभयो

अहिले नेपाली उत्पादन बढाउने अवसर हो : योजना आयोगका उपाध्यक्ष पौडेल

चितवन,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउनुभएको छ । 

नेपाल औषधि उत्पादक सङ्घले शनबिार चितवनमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो ।

नेपाल औषधि उत्पादक सङ्घले शनबिार चितवनमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो ।

उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो विषय उठानको उपयुक्त समय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सोमबार दिउँसोसम्ममा आयोगमा आउनुहोस्, यो विषयमा  गम्भीररूपमा छलफल गरौँ ।”

नेपाली औषधि उद्योगको अवस्थाका बारेमा विस्तृत विवरणसहित आउन उहाँले आग्रह गर्नुभयो । तथ्यका आधारमा बसेर छलफल गर्नुपर्ने पौडेलको भनाइ थियो । 

सरकार आफैँले बनाएका ऐन, नियम कार्यान्वयन हुन नसक्दा उद्योग समस्यामा रहेको जनाएपछि पौडेलले विस्तारै यो समाधान हुँदै जाने बताउनुभयो ।

प्राविधिक जनशक्ति पलायन हुने समस्याले गर्दा कतिपय काम समयमा हुन नसकेको पौडेलले बताउनुभयो ।