२० बैशाख, २०८१ बिहिबार

07:13:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्य विज्ञान शिक्षालय सङ्घको अध्यक्षमा ढकाल

Nepal Business

१० बैशाख, २०७९

शनिबार सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

स्वास्थ्य विज्ञान शिक्षालय सङ्घको अध्यक्षमा ढकाल

चितवन । स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन हुनुभएको छ । सौराहामा शनिबार सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि सङ्घको सल्लाहकार हुनुहुन्थ्यो। सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श्रेष्ठ, कोषाध्यक्षमा काठमाडौँकै इनोभेटिभ कलेज अफ हेल्थ साइन्सका सञ्चालक शरला केसी चयन हुनुभएको छ ।

समितिको सदस्यमा काठमाडौँस्थित ओम हेल्थ क्याम्पसका सञ्चालक किरण दुवाडी, बुटवलस्थित मायादेवी टेक्निकल कलेजका सञ्चालक चीरन्जीवी जोशी चयन हुनुभएको निर्वाचत अधिकृत डा. नेत्रराज चटौताले जानकारी दिनुभयो । दुई सदस्य पछि मनोनित गरिनेछ ।

उक्त सङ्घ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्यसम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकको छाता सङ्गठन हो । चिकित्सा शिक्षा आयोगले अवलम्बन गरेको एकीकृत प्रवेश परीक्षा प्रणालीले निजी कलेज बन्द हुने अवस्थामा पुगेको कलेजका सञ्चालकको गुनासो थियो ।

नवनिर्वाचित अध्यक्ष ढकालले बन्दभएका कलेज खोल्ने र विद्यार्थी सङ्ख्या वृद्धि गर्न पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । कलेज सञ्चालकको सामूहिक प्रयासबाट मात्र समस्या सामधान हुने भन्दै समितिमा रहेका र समितिभन्दा बाहिर रहेका सबैको  अपनत्व हुने गरी सङ्घका गतिविधि अगाडि बढाउने उहाँको भनाइ थियो ।

शुक्रबारदेखि  सुरु भएको महाधिवेशन पूर्वाञ्चलविश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले उद्घाटन गर्नुभएको थियो । आर्थिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको महाधिवेशनमा ३८ वटा निजी कलेजका सञ्चालक सहभागी थिए ।