८ मंसिर, २०८१ शनिबार
01:34:25 PM
९ बैशाख, २०७९
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया, कम्लहरी, हलियाका साथै हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले शुक्रबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक श्याम श्रेष्ठले भूमि व्यवस्था सहकराी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै उनीहरुको समस्या जकडिएको रहेको बताउनुभएको छ ।
आर्थिक आर्जन र रोजगारीमा चुनौती रहेको र राज्यबाट जमिनको वितरणमा समेत प्रभावकारी काम नहुँदा धेरै छुटेका पाइएको छ ।
कतिपय परिचयपत्र पाएर पनि पुनःस्थापन प्रक्रियामा छुटेका छन् भने विविध सामाजिक आर्थिकलगायत विविध समस्याबाट पीडित हुँदै आएका छन् ।
कम्लहरीहरु हिंसाको शिकारसमेत भएका, कतिपय वेपत्ता रहेका र कतिपयको हत्या भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । पुरा प्रतिवेदन तल हेर्नुहोस् ।