८ मंसिर, २०८१ शनिबार
01:13:56 AM
९ बैशाख, २०७९
बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधा थपेको
काठमाण्डौं । एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषिकर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना वैशाख २ देखि असार ३२ सम्म लागू हुने बैंकले जानकारी दिएको हो ।
बैंकले प्रदेश १ का लागि पाथीभारा व्यावसायिक कृषिकर्जा, मधेस प्रदेशका लागि मधेस व्यावसायिक कृषिकर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागी गण्डकी व्यावसायिक कृषिकर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यावसायिक कृषिकर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यावसायिक कृषिकर्जा र सुदूर पश्चिम प्रदेशका लागि सुदूर पश्चिम व्यावसायिक कृषिकर्जा योजना ल्याएको हो ।
यस कर्जा योजनाअन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधा थपेको छ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आएको छ ।
यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भमध्ये एक हो ।
दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंक समय–समयमा यस्ता योजना प्रस्तुत गर्दै आएको छ ।