८ मंसिर, २०८१ शनिबार

01:06:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखा सञ्चालनमा

Nepal Business

९ बैशाख, २०७९

बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुदमुनाफा आर्जन गर्न सफल भएको

एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखा सञ्चालनमा

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकसाथ तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखाहरुको उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । 

बैंकले एकै दिन कञ्चनपुरस्थित भीमदत्तनगरपालिका वडा नं. ४ को महेन्द्रनगर, कैलालीस्थित लम्की र बर्दियास्थित गुलरिया बजारमा शाखाहरु सञ्चालनमा ल्याएको जानकारी दिएको छ । 

बैंकले २०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुदमुनाफा आर्जन गर्न सफल भएको छ ।

उक्त मुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुदमुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।  

थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।