२ जेठ, २०८१ बुधबार

04:01:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहनेः विश्व बैंक

Nepal Business

८ बैशाख, २०७९

विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ ।

नेपालको  आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहनेः विश्व बैंक

 काठमाण्डौं । विश्व बैंकले आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.७ रहने प्रक्षेपण गरेको छ । सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेकोमा बहुराष्ट्रिय दातृ निकायहरुले त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् ।

यस अवधिमा विश्व बैंकले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो ।

६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।