७ मंसिर, २०८१ शुक्रबार

07:55:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर २०७९’ कार्यक्रम भोली शुक्रबार सम्पन्न हुने

Nepal Business

८ बैशाख, २०७९

कार्यक्रम भोली शुक्रबार साँझ ५ बजे जनकपुरको जानकी मन्दिरमा संचालनसहित सम्पन्न हुने

सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर २०७९’ कार्यक्रम भोली शुक्रबार सम्पन्न हुने

काठमाण्डौं । सर्वोत्तम सिमेन्टले मनोरञ्जनात्मक कार्यक्रम ‘मिस्टर ह्याप्पी टुर २०७९’ कार्यक्रम गरिरहेको छ । 

नयाँ वर्षका अवसरमा ‘सम्बन्ध तपाईं हाम्रो बीचको होस् या परिवारबीचको या निर्माण सामाग्रीबीचको, पकड, मजबुत अनि अटूट हुनुपर्छ,’ भन्ने नारासहित यो कार्यक्रम गरेको हो।

सो कार्यक्रम भोली शुक्रबार साँझ ५ बजे जनकपुरको जानकी मन्दिरमा संचालनसहित सम्पन्न हुने कम्पनीले जानकारी दिएको हो ।

सिमेन्ट उत्पादन गर्न देश मै पहिलोपटक भीआरएम प्रविधि भित्र्याएर प्रयोग गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट भएको कम्पनीको दाबी छ । 

सो कार्यक्रममा हाँस्य कलाकार सन्दीप क्षेत्रीको सहभागिता रहेको छ । सिमेन्टको उत्पादन तथा प्रयोग बारे उपभोक्ताहरुले बुझ्न जरुरी भएको भन्दै

सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा टुर आयोजना गरेर सुझावसमेत समेटिएको कम्पनीले जानकारी दिएको छ ।  

कम्पनीले आफ्नै खानीको चुनढुंगा, स्वउत्पादित विद्युत प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्दै आएको छ ।