३० कार्तिक, २०८१ शुक्रबार
05:33:37 PM
८ बैशाख, २०७९
बिहान १० बजेको हाराहारीमा अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
ललितपुर । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिनु भएको छ ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिनु भएको हो ।
विस्फोटमा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहनु भएको छ । त्यसैगरी बिस्फोटमा ७ जना घाइते भएका छन् भने एकजना गम्भीर घाइते र पाँच जना घाइते भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनु भएको छ ।

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरुममा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको छ । घाइतेहरुको उपचार भइरहेको प्रजिअ उपाध्यायले बताउनु भयो ।
घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुख व्यक्त गर्नुभयो । उहाँले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको भन्दै यसको अनुसन्धान गरिने जानकारी दिनुभयो । मन्त्री बडुले घटनामा मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बिहान १० बजेको हाराहारीमा अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।